क्या कमाल, बबाल भन्दै नम्रता ताण्डबमा


(सेलिब्रेटी नेपाल) ९ माघ-सेक्स भिडीयो स्क्यान्डल पछि केही बर्ष अभिनयमा खुल्न नसकेकी अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो समय चलचित्रमा खुलेरै लागी परेकी छन्। त्यसैले पनि होला उनको हातमा अहिले भटाभट चलचित्र परेको छ। अभिनेता आर्यनले निर्माण गरेको चलचित्र “नोभेम्बर रेन” र सम्झना रौनीयारले निर्देशन गरेको चलचित्र “मेघा”मा अभिनय पछि उनको हातमा अर्को चलचित्र पनि परेको छ चलचित्र “ताण्डब”।
namrata-shrestha
“ताण्डब” यस अगाडी “बधशाला” चलचित्र निर्माण गरेका निर्माता स्म्यासिङ एप्पलको लगानीमा बन्न लागेको दोस्रो चलचित्र हो। चलचित्रमा नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको छ । चलचित्रमा नम्रताको अलवा ब्याटल र्‍यापर आशिष राणा ‘लाहुरे’ पनि अभिनयका लागी अनुबन्धीत भएका छन्। त्यस्तै सुव्रत आचार्यनको निर्देशनमा बन्न लागेको चलचित्र ‘अधकट्टी’मा नायिका नम्रता श्रेष्ठ अनुबन्धित भएकी छिन। उनि ‘अधकट्टी’मा रञ्जित आचार्यले लेखेको गीतमा आइटम डान्स गर्ने भएकी छिन।उनले नृत्य गर्न लागेको गीतको बोल ‘क्या कमाल, बबाल छौ, हे नम्रता।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.