अन्तराष्ट्रिय चलचित्र महोत्सवमा झोला


(सेलिब्रेटी नेपाल) ७ माघ- अन्तराष्ट्रिय चलचित्र महोत्सवमा साहित्यकार कृष्ण धराबासीको कृतिमा आधारित यादव भट्टराई द्वारा निर्देसित चलचित्र ‘झोला’ देखाइने भएको छ। यहि माघ १३ गतेदेखि १७ गतेसम्म चल्ने काठमाण्डौँमा सुरु हुने महोत्सवमा १० वटा देशहरुको चलचित्र प्रदर्शन गरिने आयोजकले बताएको छ।नेपाल फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा नेपालको तर्फबाट चलचित्र झोला सहभागि गराइने भएको हो।
Jhola-poster
पाँच दिन सम्म चल्ने महोत्सवमा दक्षिण कोरिया, इजराय, रसिया, नर्वे, स्पेन, भारत, फ्रान्स, डेनमार्क, साउथ अफ्रिका, रसिया लगायत नेपालको चलचित्रहरु प्रदर्शन गरिने छ।चलचित्र झोला यही माघ २४ गतेदेखि सार्बजनिक प्रदर्शन हुँदै छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.