प्रभासको ‘सलार’ले एक सातामा कमायो ५२१ करोड



एजेन्सी। प्रभास स्टारर फिल्म ‘सलार’को कलेक्सन ५ सय २१ करोड नाघेको छ । रिलिजको सातौं दिन विहीबार सम्ममा फिल्मले विश्वभरबाट ५ सय २१ करोड ८५ लाख भारतीय रुपैयाको व्यापार गरेको हो । फिल्मले भारतीय बक्स अफिसमा ३ सय ८ करोड ९० लाखको व्यापार गरेको छ । फिल्मले ६ सय करोड क्लबमा प्रवेश पाउने देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

फिल्मले रिलिज भएको दिनमा ९० करोड ७० लाख, दोस्रो दिन ५६ करोड ३५ लाख, तेस्रो दिन ६२ करोड ५ लाख व्यापार गरेको थियो । त्यस्तै, चौथो दिनमा ४६ करोड ३० लाख र पाँचौ दिनमा २४ करोड ९० लाख कलेक्सन गरेको हो । छैटौं दिनमा कम्तीमा १७ करोड र सातौं दिनमा १३ करोड ९० लाखको व्यापार गरेको जनाइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.