नेपाली निर्देशकले प्रत्येक हप्ता चलचित्र हेर्ने


(सेलिब्रेटी नेपाल) ३ माघ-नेपाल चलचित्र निर्देशक समाजले ‘सिनेमा क्लब’ सञ्चालनमा ल्याएको छ । सो क्लबले हरेक साताको शुक्रबार समाजको भवनमा एउटा चलचित्र देखाइने छ । क्लबको उद्घाटन सुचना तथा सञ्चारमन्त्री माधव प्रसाद पौडेलले गरे। ‘यस क्लबले चलचित्र क्षेत्रको विकासलाई योगदान पुर्याउनेछ भन्ने विश्वास लिएको छु ।’ कार्यक्रममा मन्त्री पौडेलले भने , आफ्नो लागि चलचित्र नौलो विषय हो।
dinesh-dc
‘सरकारले चलचित्र नीतिको मस्यौदालाई अन्तिम रुप दिने तयारी गदैरहेको मन्त्री पौडेलले जानकारी दिए । ‘सिनेमा क्लबमा नेपाली मात्रै हैन, उत्कृष्ट विदेशी भाषाका चलचित्र समेत देखाइने निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले बताए। निर्देशकको वौद्धिक क्षमतालाई वृद्धि गर्ने उद्धेश्यले यो क्लबलाई पुनः सञ्चालनमा ल्याईएको डिसीको भनाई छ। पूर्व अध्यक्ष केपी पाठकले सिनेमा क्लबलाई सञ्चालनमा ल्याएपनि केहि प्राबिधिक कारण देखाउँदै बीचमा बन्द भएको थियो। अब यसले कहिले सम्म निरन्तरता पाउने हो त्यो हेर्न बाँकि छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.