माघे संक्रान्ति खाने दाउमा चार चलचित्र


(सेलिब्रेटी नेपाल) पौष २५-माघे संक्रान्ति खाने दाउले यो हप्ता चार नेपाली चलचित्र रिलिज हुँदैछन्। राजेश घतानीको निर्माण तथा सुरज सुब्बा नाल्बोको निर्देशन रहेको चलचित्र ‘बितेका पल’ र तितो सत्य युनिटको दिनेश डी.सी.ले निर्देशन गरेको चलचित्र ‘६ एकान ६’ले गोबिन्द शाहीले निर्माण तथा शिव रेग्मी निर्देशित चलचित्र पराई संगै उदय सुब्बाले निर्देशन गरेको चलचित्र योद्दा भिड्ने भएका छन्।
Biteka-pal-poster
बाटो मुनिको फुल बनायर सफल निर्माता बनेका राजेश घतानीको दोस्रो प्रस्तुति रहेको चलचित्र ‘बितेका पल’ को पहिलो पटक हिन्दि चलचित्र छायांकन हुने स्थल दार्जलिंगमा ९५ प्रतिशत छायांकन गरिएको छ चलचित्रमा नव नायक अभिनाश गुरुङ, बाबु बोगटी,नायिका केकी अधिकारीको मुख्य अभिनय रहेको छ
Parai-new-poster
चलचित्र पराईमा गोविन्द शाही,गरिमा पन्त,नन्दिता केसी,निरज बराल लगाएतका कलाकारको मुख्य अभिनय रहेको छ। देशभरका करिब ४० भन्दा बढी पर्दामा रिलिज हुन लागेको शम्भु सापकोटाको छायांकन रहेको चलचित्रलाई शिव रेग्मी र शिवम अधिकारी मिलेर लेखेका हुन्। यसका गीतहरुको कम्पोज वसन्त सापकोटाले गरेका छन्।
6-ekan-6
दिपा श्री निरौला,निर्मल शर्मा र दीपकराज गिरीको निर्माणमा तयार भएको हास्य प्रधान चलचित्र ‘६ एकान ६’ मा निता ढुंगानाको साथमा ६ जना हाँस्य कलाकारहरू दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे र सन्दीप क्षेत्री मुख्य पात्रको रूपमा देखिएका छन्। चलचित्रमा शम्भुजित बास्कोटाले संगीत दिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.