पराई आफन्त बनाउने धुनमा


parai-advertise(सेलिब्रेटी नेपाल) पौष २५-माघे संक्रान्तिको बिदा छोप्ने दाउले आउँदो शुक्रबार चार नेपाली फिल्म रिलिज हुँदैछन्। ‘बितेका पल’ र ‘६ एकान ६’ले प्रचार प्रसारलाई तीब्र बनाइरहँदा ‘पराई’ले पनि बुधबार पत्रकार सम्मेलन गर्दै यसलाई गति दिएको छ।
दिवंगत निर्देशक शिव रेग्मीको निर्देशन रहेकोले बुधबारको कार्यक्रम रेग्मीको सम्झनामा समर्पित रह्यो। निर्माता तथा कलाकार सबैले रेग्मीको स्मरण गरे। फिल्मका कलाकार निरज बरालले फिल्मलाई रेग्मीप्रति श्रद्धाञ्जलीका लागि हेर्न आग्रह गरे। उनले भने, ‘शिव रेग्मीका फिल्ममा नेपालीपनको आफ्नै रंग हुन्छ। पराई पनि मानवीय संवेदनाका यस्तै रंगले सजिएको फिल्म हो। फिल्मले निराश पार्दैन।’रेग्मीकी प्रिय अभिनेत्रीका रुपमा केही फिल्ममा काम गरेकी गरिमा पन्तले फिल्मले सन्तुष्ट बनाउने दाबी गरिन्। ‘पराई शिव दाइले एकदमै मेहनत गरेको फिल्म हो। पराई बनेर फिल्महलमा छिरे पनि तपाईं आफन्त बनेर निस्कनु हुनेछ,’ गरिमाले भनिन्।
Niraj-baral-garima
निर्माता तथा अभिनेता गोविन्द शाहीले ‘पराई’ पारिवारिक प्रेमकथा रहेको जानकारी गराए। ‘घाउमा मल्हम लगाउने फिल्म हो यो। फिल्म हेर्दा दर्शकले आफूलाई पनि पर्दामा सँगै रहेको अनुभूत गर्न सक्छन्,’ शाहीले भने। त्यसैगरी निर्माता दीपककुमार शाहीले पनि ‘पराई’मा नवरसको मिश्रण रहेको बताउँदै दर्शकको अपेक्षामा खरो उत्रने विचार व्यक्त गरे।

देशभरका करिब ४० भन्दा बढी पर्दामा रिलिज हुन लागेको फिल्ममा नन्दिता केसीको पनि मुख्य भूमिका छ। नन्दिता हङकङमा भएकीले कार्यक्रममा उपस्थित थिइनन्। फिल्मको एउटा गीतमा राजबल्लभ कोइराला र रेजिना उप्रेतीको पनि अभिनय छ। शम्भु सापकोटाको छायांकन रहेको फिल्मलाई शिव रेग्मी र शिवम अधिकारी मिलेर लेखेका हुन्। यसका गीतहरुको कम्पोज वसन्त सापकोटाले गरेका छन्।
नागरिक बाट साभार

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.