प्रोड्युसरको व्यथा सुनाउन निर्देशक पुगे दुबई


(सेलिब्रेटी नेपाल) २३ पौष-स्वदेशमा नेपाली चलचित्रहरु नचलीरहेको समयमा नेपाली निर्माता निर्देशकहरु  बिदेशमा ब्यबसाय बढाउन लागि पर्न थालेका छन्। चलचित्र ‘प्रोड्युसर’ नेपालमा भन्दा पहिले दुबईमा प्रदर्शन हुने भएको छ। चलचित्रलाई एनआरएन युएईले दुबइमा प्रदर्शन गर्न लागेको हो। जसका लागी निर्देशक जनकदीप पराजुली दुबई पुगेका छन्।

Janadeep-parajuli

चलचित्र भित्रको बिभीन्न कथा समेटीएको  चलचित्र ‘प्रोड्युसर’मा विल्सन बिक्रम राइ ,बाबु बोगटी, श्याम अर्याल, श्वेता भट्टराई, श्याम राई र नवप्रस्तुतीको रुपमा पायल रायमाझीको पनि अभिनय रहेको छ। स्वदेशमा आगामी माघ १७ गते प्रर्दशनमा आउने यस चलचित्रमा सागर प्रधानको छायांकन, किरण माइकलको लेखन तथा रोशन श्रेष्ठको द्वन्द्व,राहुल प्रधान, सुरेश राई, किरण माइकलको संगीत रहेको चलचित्र ज्योति कुमार राइको प्रस्तुतीमा राजकुमार राइले निर्माण गरेका हुन्। अबको एक महिना प्रत्येक शुक्रबार दुबईका विभिन्न सहरमा ‘प्रोड्युसर’ देखाइने निर्देशक जनक दिप पराजुलीले जानकारी गराए । प्रोमो र गीतको कारण चर्चा बटुलिरहेको यो चलचित्रले नेपालमा पनि ब्यबसाय गर्ने आस गरिएको छ । हास्यकलाकार समेत रहेका विल्सनले चलचित्रको रमाइलो तवरले प्रचार गरिरहेका छन् । यसै चलचित्रको एक टोली प्रचारका लागी देश दौडाहमा पनि छ। निर्माता ज्योतीराज राई र विल्सन बिक्रम उक्त दौडाहा टोलीमा छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.