बितेका पलको प्रिमिएर सबैले दिए राम्रो प्रतिक्रिया


(सेलिब्रेटी नेपाल) १५ पौष-नेपाली चलचित्रको बजार गते संगै चलचित्रको प्रिमियर हुन् छाडेको थियो धेरै समय पछी चलचित्र ‘बितेका पल’ ले प्रिमियर गरेको छ प्रदर्शनको १२ दिन अघि हिजो बिग सिनेमामा आयोजित बितेका पल प्रिमियरमा एमाओवादीका नेता वर्षमान पुन ‘अनन्त’,खेलकुद सदस्य सचिव युवराज लामा, हरिवंश आचार्य दम्पतीको सहभागीताले ‘बितेका पल’ प्रिमियर विशेष बन्न पुग्यो।
biteka-pal
फिल्म सुरुवात हुनु अगाडि देखाइएको भिडियो क्लिप्समा निर्देशक सुरजले आफ्नो प्रतिस्पर्धा दर्शकसँग भएको बताएका थिए। ‘मैले राम्रो चलचित्र बनाएको रहेछु भने सबैले मन पराउनुहुनेछ। होइन भने म असफल हुनेछु। त्यसैले मेरो प्रतिस्पर्धा अन्य चलचित्रसँग होइन। दर्शकसँग हो,’ सम्बोधनमा उनले भने। त्यस्तै, निर्माता राजेश घतानीले निकै महेनत गरेर चलचित्र तयार पारेकोले हेरिदिन सबैसँग आग्रह गरे।

फिल्म हेरेका अधिकांश दर्शकले नायिका केकीको अभिनयको उच्च प्रशंसा गरेका थिए। उनले फिल्ममा निकै मर्मस्पर्शी भूमिका निर्वाह गरेकी छिन। चलचित्रको संगीत पनि कर्णप्रिय छ। पूर्णत प्रेमकथामा आधारित यो चलचित्रको सार्वजनिक प्रदर्शन आगामि पौष २६ गतेबाट हुँदैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.