(सेलिब्रेटी नेपाल) १४ पौष-बिदेशी सेलिब्रेटीहरुको बैबाहिक सम्बन्ध टुट्नु त सामान्य जस्तै नै भै सकेको छ तर अब नेपाली सेलिब्रेटीहरुको पनि बैबाहिक सम्बन्ध टुट्नु नौलो चाँही होइन।पप गायक धिरज राई र उनकी पत्नी छुल्ठिम डोल्मा गुरुङबीच हालै सम्बन्ध विच्छेद भएको छ ।
चलचित्र र संगीत क्षेत्रका धेरैको दाम्पत्य जीवन टुटेको खबर आइरहेका बेला पछिल्लो समय पपगायक धिरज राई र उनकी पत्नी छुल्ठिम डोल्मा गुरुङबीच सम्बन्ध विच्छेद भएको छ।
छुल्ठिम र आफू विगत तीन वर्षदेखि नै अलग बस्दै आएको धीरजले जानकारी दिए । “विचार नमिलेपछि छुट्टिएरै बस्नु पर्यो,” उनले भने। छुल्ठिम म्युजिक भिडियो र चलचित्रका नायिका समेत हुन्।एक दशकअघि आफ्नी फ्यान छुल्ठिमसँग वैवाहिक जीवनमा बाँधिएका राईले भने, “हामी छुट्टिएको सही हो, ३ वर्ष यतादेखि नै हाम्रो सम्बन्ध राम्रो थिएन।