पौष २६ बितेका पलको प्रतिक्षामा नेपाली दर्शक


(सेलिब्रेटी नेपाल) ७ पौष-पौष महिनाको चिसो बढे संगै नेपाली चलचित्रको प्रदर्शन,सुटिंग.नयाँ चलचित्रको सुभारम्भ जस्ता कुनै पनि नयाँ कार्य हरु भई रहेका छैनन। केहि समय अघाडी बाट सुटिंगमा रहेका चलचित्र हरुको मात्रै छायांकन भई रहेका छन्। यति खेर चिसोमा पनि पौष २६ गते प्रदर्शन हुने चलचित्र हरुको कारण भने बजार ताती रहेको छ। बाटो मुनिको फुल बनायर सफल निर्माता बनेका राजेश घतानीको दोस्रो प्रस्तुति रहेको चलचित्र ‘बितेका पल’ ले बजार तताई राखेको छ। पहिलो पटक हिन्दि चलचित्र छायांकन हुने स्थल दार्जलिंगमा चलचित्र ९५ प्रतिशत छायांकन गरिएको हुनाले र यसका गित संगीतले गर्दा चलचित्र हेर्ने दर्शक हरु पौष २६ गते लाई पर्खि राखेका छन्। सत्य घटनामा आधारित भनिएको चलचित्र बितेका पल कस्तो कथा बस्तुमा बनेको छ र कलाकार हरुको भूमिका कस्तो छ भन्ने बारेमा केहि खुलाईएको छैन त्यसैलॆ गर्दा पनि दर्शकमा कौतुहलता पैदा भएको छ।
Biteka-pal-poster
अहिलेका व्यस्त तथा हिट निर्देशक सुरज सुब्बाले ३ बर्ष समय लगायर बितेका पलको काम सकेका हुन् सायद जस्तो सफल चलचित्रका निर्देशक सुरज सुब्बाको लागि पनि बितेका पल प्रतिक्षा रत चलचित्र बनेको छ। यस चलचित्रले नव नायक अभिनाश गुरुङ,नायक तथा गायक बाबु बोगटी,नायिका केकी अधिकारी,निर्देशक सुरज सुब्बा,निर्माता राजेश घतानिको भबिस्यको बाटो कोर्ने छ। धेरैले चलचित्र बितेका पल बाट राम्रो आशा गरेका छन्। पौष २६ गते बितेका पल संगै स्व.शिब रेग्मीले निर्देशन गरेको चलचित्र पराइ र दिनेश डि सी ले निर्देशन गरेको चलचित्र ६ एकान ६ पनि रिलिज हुँदै छ। बितेका पल ३५ देखि ४० पर्दा बाट रिलिज हुने र चलचित्र भब्य प्रिमियर शो को पनि आयोजना गर्न लागेको निर्माता राजेश घतानीले जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.