अमेरिका पलाएन सूचीमा नायिका ऋचा घिमिरे दम्पती पनि


(सेलिब्रेटी नेपाल) ६ पौष-अमेरिकाको मोहले नेपाली कलाकारलाई आकषिर्त गर्न छाडेको छैन। नायक सरोज खनाल बाट सुरु भएको अमेरिका भासिने मोहमा पछिल्लो समय गायक-गायिका, नायक-नायिका, हास्यकलाकारसहित दर्जनौं कलाकारले अमेरिकालाई स्थायी बसोबासको थलो बनाई सकेका छन्। यतिबेला अमेरिकामै बसोबास गर्ने कलाकारको सूचीमा नायिका ऋचा घिमिरे दम्पतीसमेत थपिएका छन्।
Richa-ghimire-dampati
गएको तीज भन्दा अघि नै चलचित्र ‘तुलसी’ को प्रदर्शनका लागि क्यानाडा पुगेको यो जोडी यतिबेला अमेरिका प्रवेश गरेको छ। अमेरिकाबाट स्वदेश फर्किएका एक कलाकारका अनुसार यो जोडी अमेरिकामै सेटल हुने प्रयासमा छ। आफूले निर्माण गरेका चलचित्रले चित्तबुझ्दो व्यवसाय गर्न नसकेपछि घिमिरे दम्पतीले अमेरिकामै बसोबास गर्ने निर्णय गरेको बताइन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.