धुमले गर्दा यो हप्ता नेपाली चलचित्र रिलिज भएन


(सेलिब्रेटी नेपाल) ५ पौष-प्रत्येक शुक्रबार नेपाली चलचित्रहरु प्रर्दशनमा आउन तंछाडमछाड गर्ने गरे पनि यो शुक्रबार भने कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा नआउने भएका छन्। कुनै बेला एकै हप्ता ४-५ चलचित्र पनि रिलिज हुने नेपाली चलचित्र बजारमा यो हप्ता एउटा पनि चलचित्र रिलिज भएनन्। यो साता मात्र नभएर नेपाली फिल्महरु पौषको तीनै साता रिलीज नहुने भएका हुन्। पौषको अन्तिम साता अर्थात् पौष २६ गते भने फेरी उही पुरानै रोग बल्झिने छ भन्नाले फेरी ४ वटा चलचित्र एक आपसमा भिड्ने छन्। बलिउडमा अधिक चर्चा कमाएको फिल्म ‘धुम ३’ शुक्रबार बाट प्रदर्शनमा आउने भए पछि नेपाली फिल्मकर्मीहरु फिल्म प्रदर्शनको तयारीमा नजुटेका हुन्।
aamir-khan-dhoom-3
तीनै साता सम्म नेपाली दर्शकले ‘लोफर’ र ‘सौर्य’ सहित अन्य पूराना फिल्म हेर्नु पर्ने छ। यसै त निर्माता निर्देशकलाई लगानी उठाउन कठिन हुन्छ त्यसैमाथी जानी जानी रिलिज गर्दा सिधै घाटामा जाने डरले प्रदर्शनमा नउत्रेको विश्लेशकहरुको भनाइ रहेको छ। हिन्दि फिल्मले करोड भन्दा बढी रुपैंया नेपाल बाट भारत लग्दै गर्दा नेपालमा बनेका ५० लाखका चलचित्र पनि घाटामा गइ रहेका छन्। यो अवस्था कहिले सम्म रहला भन्न सकिने स्थिति छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.