बितेका पलको अडियो सार्बजनिक संगै केकिले काटिन केक


(सेलिब्रेटी नेपाल) २ पौष-आगामी पौष २६ गते बाट अल नेपाल प्रर्दशनमा आउन लागेको चलचित्र ‘बितेका पल’ युनिटले मंगलबार राजधानीमा एक औपचारिक कार्यक्रम गरि कार्यक्रममा अडियो सार्वजनिक गर्यो। चलचित्रका गित संगीतले पहिले नै दर्शक श्रोत बाट राम्रो प्रतिक्रिया पाई सकेको छ तर पनि औपचारिक रुपमा चलचित्र बितेका पलले पत्रकार भेटघाट कार्यक्रम गरि अडियो सी डी सार्बजनिक गरेको हो अडियो सार्बजनिक गर्नुका साथै कार्यक्रममा अभिनेत्री केकीको जन्म दिन पनि सेलिब्रेसन गरियो। चलचित्र युनिटले केक समेत काटेर नायिका केकीको जन्म दिन सेलिब्रेसन गरेको थियो उक्त कार्यक्रममा केकीले आफ्नो कतीयौ जन्म दिन हो त्यो भने खुलाइनन्। अक्सर नायिका हरुले जन्म दिन मनाउदा आफ्नो उमेर भने सार्बजनिक गर्दैनन्।
keki-adhikari-birthday
कार्यक्रममा बितेको पल युनिटले उनलाई गिप्ट पनि प्रदान गरेको थियो भने गायक शिब परियार,दिपक लिब्बु,बाबु बोगटी लगायतले उनलाई बर्थडे गीत गाएर जन्म दिनको शुभकामना दिए। कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइले चलचित्र बितेको पललाई सफलताको शुभकामना दिए। भने चलचित्रका निर्देशक सुरज सुब्बा नाल्बोले चलचित्र राम्रो भएको दाबी गर्दै आफ्नो संगै प्रर्दशनमा आउने अन्य चलचित्र ले पनि राम्रो ब्यबसाय गर्न सकोस् भन्ने शुभकामना दिए। चलचित्रको अधिकांस छायांकन दार्जलिंगमा गरिएको हो हिन्दि फिल्म बर्फी र मैं हुँ ना को सुटिंग गरिएको लोकेसनमा छायांकन गरिएको हो चलचित्रको बजेट त्यस कारण पनि बढी भएको र सबै कुराले चलचित्र उत्कृस्ट बनेको निर्माण युनिटको दाबी रहेको छ।
biteka-pal-audio-lunch
बिग प्रोडक्सनको ब्यानरमा निर्माता राजेश घतानी र क्रिश रिजाल मिलेर निर्माण् गरेको चलचित्र बितेका पललाई एउटा आशा गरिएको चलचित्रको रुपमा हेरिएको छ। हरि लामाको छायांकन रहेको यस चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका हुन्। चलचित्रमा नृत्य निर्देशन शंकर बिसी, अर्जुन गौतम र पेमा लामाको रहेको छ भने कथा र गीत पनि निर्माता घतानीले नै लेखेका हुन्। चलचित्रमा अविनाश गुरुङका ,बाबु बोगटी र केकी अधिकारी मुख्य भूमिकामा रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.