संयम पुरी पुन्टे बन्दै


(सेलिब्रेटी नेपाल) २६ मंसिर-चलचित्र सायद बाट स्टार बनेका नायक संयम पुरी लामो समयको ग्याप पछि अब नयाँ चलचित्र ‘पुन्टे परेड’ मार्फत देखिने भएका छन्। सायद सफल भए पछि संयम लाई थुप्रै चलचित्र बाट अफर आएका थिए तर संयमले कसैको पनि अफर लाई स्वीकारेका थिएनन्। सुबाश कोइरालाले निर्देशन गर्ने चलचित्र ‘पुन्टे परेड’ संयमको लागि चुनौती साबित हुने छ। चलचित्र निर्माण युनिटले आज राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरि चलचित्रको बारेमा जानकारी गरायो।
punte-pared
मानिसको किशोराअवस्थाको वास्तविक कथा रहेको र चलचित्रमा किशोर अबस्थाको बारेमा कमेडी तरिकाले प्रस्तुत गरिने निर्देशक सुवास कोईरालाले बताए।’ निलु डोल्मा शेर्पाको कन्सेप्टलाई शान बस्न्यातले कथाको रूप दिएको ‘पुन्टे परेड’लाई हरि महतले निर्माण गर्ने भएका हुन्। चलचित्रमा संयम पुरी, रविन्द्र खड्का, गीता अधिकारी, स्वेता थापाको साथमा नव कलाकारहरु एन्जिला दाहाल र नट्टु शाहको अभिनय रहनेछ।
punte-samyam-puri

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.