फरक श्रेणीका चलचित्र निर्देशन गर्ने खनालको अब डार्क कमेडी (भिडियो)


(सेलिब्रेटी नेपाल) २५ मङ्सिर-चलचित्र द युग देखि युग सम्म बाट निर्देशन यात्रा थालनी गरेका निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेको सबै चलचित्रहरु फरक फरक क्याटगोरिको हुने गर्दछन्। पहिलो चलचित्रमा उनले राजेश हमालको गेट अप परिवर्तन गरेका थिए भने चलचित्र चपली हाईट फरक प्रकृतिको बिषय बस्तुमा बनायर ब्यापारिक किर्तिमान राख्न सफल भए। त्यस पछि थ्री डी चलचित्र झोले बनाएर नेपाली चलचित्र इतिहासमा कृतिमान कायम गर्न सफल बने उनै निर्देशक खनाल अब कमेडी चलचित्र लिएर बजारमा आउंदै छन्। डार्क कमेडी चलचित्र भनिएको चलचित्र ‘झोले’ फागुन ९ गते बाट प्रदर्शनमा आउने भएको छ। मंगलबार राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चलचित्रको पोस्टर तथा ट्रेलर सार्बजनिक गरियो।
jhole-poster
दिपेन्द्र के खनालको निर्देशन तथा टेकेन खड्काको निर्माण रहेको ‘झोले’को कथा शान बस्न्यातले लेखेका हुन्। दयाहाङ् राई, प्रियंका कार्की, ए गुरुङ्, शिशिर राणा, शंकर आचार्य, माधव आचार्य आदिको अभिनय रहेको छ। हरि लम्साल र अनुपन शर्माको संगीत रहेको ‘झोले’का गीतमा राजेश पायल राई, रजिना रिमाल र अनुपम शर्माको स्वर तथा भुपेन्द्र खड्का र दयाहाङ् राईका शब्द रहेका छन्। चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.