शिव रेग्मीको निधनप्रति शोक व्यक्त गर्दै छायांकन बन्द


(सेलिब्रेटी नेपाल) २४ मंसिर-बरिष्ठ निर्देशक शिव रेग्मीको निधनप्रति शोक व्यक्त गर्दै छायांकनमा रहेका सम्पूर्ण चलचित्रलाई एक दिन सुटिङ बन्द गर्न नेपाल चलचित्र निर्माता संघ र नेपाल प्राविधिक संघले आफ्ना सदस्यलाई आग्रह गरेको छ।
shiva-regmi-shok
निर्माता संघका अध्यक्ष राजकुमार राईले छायाँकनमा रहेका सम्पूर्ण चलचित्रका निर्मातालाई आज १ दिन सुटिङ बन्द गर्न खबर गरिएको बताए। तर, केही निर्माताले भने कलाकार र लोकेशनको समस्याले गर्दा सुटिङ बन्द गर्न अप्ठ्यारो पर्न सक्ने प्रतिक्रिया दिएको अध्यक्ष राईको भनाई छ। त्यस्तै नेपाल चलचित्र प्राविधिक संघले पनि निधनप्रति शोक व्यक्त गर्दै उहाँको सम्मानमा सम्पूर्ण प्राविधिक सदस्यलाई आज छुट्टी लिन उर्दी जारी गरेको छ।

काठमाडौं र मोफसल गरी करिब १३ वटा चलचित्र छायाँकनमा रहेको जानकारी हामीले प्राप्त गरेका छौँ । निर्देशक शिव रेग्मीको आज बिहान बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै मृगौला फेल भएका निर्देशक रेग्मीको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागी गृह नगर चितवनमा लगिएको छ । निर्देशक रेग्मीको शोक सन्तप्त परिवारप्रति सेलिब्रेटी नेपाल परिवार धैर्य धारणको कामना सहित हार्दिक श्रदान्जली ब्यक्त गर्दछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.