“म भर्खर तरूनी भएँ”


(सेलिब्रेटी नेपाल) २४ मंसिर-चलचित्र ‘कागबेनी’ डेव्यु अभिनेत्री दिया मास्के कति वर्ष भइन् होला ? महिला कलाकारले आफ्नो वर्ष खासै खोल्न चाहंदैनन् । जति नै वर्ष भएपनि दिया मास्केले आफु भर्खर तरूनी भएको बताएकी छिन्। अब कति उमेर सम्म लाई तरुनी मान्ने तपाईंको इच्छा !
Diya-maske
साप्ताहिक पत्रिकासँको अन्र्तवार्तामा दियाले भनेकी छिन्- ‘म भर्खर तरूनी भएँ ।’ आफ्नो उमेरलाई लिएर भन्दा पनि दियाले चलचित्रमा निभाएको भूमिकालाई लिएर आफु भर्खर तरूनी भएको प्रतिक्रिया दिएकी हुन्। चलचित्र ‘फिटकिरी’मा आफ्नो वोल्ड र मोर्डन गर्लको भूमिका रहेको उल्लेख गर्दै दियाले आफु भर्खर तरुनी भएको बताईन् । अनुप बराल निर्देशित चलचित्र ‘फिटकिरी’ हाल पोष्ट प्रोडक्सनको क्रममा छ ।

टेलिचलचित्र ‘दलन’ र चलचित्र ‘साँघुरो’मा दिया बुहारीको भूमिकामा प्रस्तुत भएकी थिइन्। आफ्नो १५ प्रतिशत कलालाई मात्रै दर्शकले हेर्न पाएको दियाको भनाइ छ। अन्र्तवार्तामा दियाले आफुलाई नायिका भनेको मन नपर्ने समेत खुलाएकी छिन्। दियाले भनेकी छिन्- ‘कलाकारको शब्दले अलि फराकिलो अर्थ राख्छ। नायिकाहरु ग्ल्यामरस हुन्छन्, उनीहरुमा तडकभडक हुन्छ, कलाकारमा सबथोक हुन्छ ।’ कुराकानीमा दियाले आफु प्रेममा परेपनि विवाहको लगनगाँठो कस्ने जिम्मा भने परिवारलाई नै दिएकी छिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.