बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधन


(सेलिब्रेटी नेपाल) २४ मङ्सिर-बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधन भएको छ। निर्देशक रेग्मीको आज विहान बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
shiv-regmi
लामो समयदेखि मृगौलासम्वन्धी रोगबाट पीडित रेग्मीलाई निमोनिया समेत भएपछि स्वास्थ्य नाजुक भएको थियो । उहाँलाई श्रद्धान्जली दिन चलचित्रकर्मी, कलाकार र आफन्त अस्पताल पुगेका छन्। बिसं २०२१ सालमा चितवनमा जन्मेका निर्देशक रेग्मीले प्रेम पूजाबाट लेखन यात्रा थाले पनि चलचित्र ‘आफन्त’ उनको पहिलो निर्देशकिय चलचित्र हो । रेग्मीले सुखःदुख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, कहाँ भेटिएला लगायतका उत्कृष्ट चलचित्रहरुको निर्देशन गर्नु भएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.