फेसनमा प्रियंका आउट दिपिका इन


बलिउड फिल्म निर्देशक मधुर भण्डाकरले प्रियंका चोपडाको हिट फिल्म फेसनको सिक्वेल फेसन–२ मा प्रियंकाको स्थानमा अर्की हट हिरोइन दीपिका पादुकोणलाई लिएका छन्। ६ बर्ष अगाडि भण्डाकर निर्देशित उक्त फिल्ममा प्रियंका चोपडाले लिड रोल गरेकी थिइन्। त्यति बेला फिल्म फेसन निक्कै हिट मानिएको थियो।
Dipika-padukon
प्रियंकाले गरेको अभिनयलाई सवैले वाहवाही नै भनेका थिए। प्रियंका चोपडालाई नै फेसन–२ मा दोहोर्याइने आशा गरिएतापनि अन्तमा आएर भण्डाकर निर्देशित पछिल्लो हिट फिल्म रामलीलाकी हिरोइन दीपिकालाई चिठ्ठा परेको छ। यो बर्ष दीपिकाको लागि सफल बर्ष पनि मानिएको छ। यो बर्ष नै दीपिका अभिनित दुई फिल्म ए जवानी है दीवानी र चेन्नई एक्सप्रेसले बक्स अफिसमा सय करोड भन्दा बढीको ब्यापार गर्न सफलता प्राप्त गरि सकेको छ