नारी कथामा श्वेता र श्री कृष्णको जोडी फेरी दर्शकको मन जित्ने आशामा


(सेलिब्रेटी नेपाल) २० मंसिर-अभिनेता श्रीकृष्ण श्रेष्ठले अभिनय र निर्माण गरेको दोस्रो चलचित्र ‘कोहिनूर’को छायांकन सकिएको छ। बुधबार राजधानीको शेर्पा मलमा चलचित्रको क्लाइमेक्स खिचेसँगै छायांकन पनि टुंगिएको हो। भदौदेखि सुटिङ थालिएको चलचित्रले चाडपर्व तथा चुनावको अवरोध खेप्दै ४७ दिन सुटिङ गर्नुपर्यो।
shreekrishna-shrestha_sweta
आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा श्रीकृष्णसँगै श्वेता खड्का, सम्राट सापकोटा, मुकुन्द श्रेष्ठ, मिथिला शर्मा, गोपाल अर्याल, मार्टिन खान आदिले अभिनय गरेका छन्। श्वेता खड्का श्रीले नै निर्माण गरेको चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् ‘कहाँ भेटिएला’ मा श्री र श्वेताको जोडी लाई दर्शकले मन पराएका थिए। अब कोहिनुरमा यो जोडी कत्तिको जम्ने हो त्यो चाँही रिलिज पछि नै थाहा हुनेछ। नारी प्रधान भनिएको चलचित्रको छायांकन भारत र नेपालको विभिन्न सुन्दर ठाउंमा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.