पूर्वप्रम लोकेन्द्र चन्द,बाबुराम,झलनाथले हेरे जिउंदै जलाउने कथा


(सेलिब्रेटी नेपाल) २० मंसिर-साहित्यकार कृष्ण धराबासी कथा संग्रह झोलामा आधारित चलचित्र झोलाको आज बिशेष प्रदर्शनी सम्पन्न भयो। निर्देशक यादव भट्टराईले निर्देशन गरेको चलचित्र ‘झोला’को कुमारी सिनेमा घरमा बिशेष प्रदर्शनी आयोजना गरिएको हो। चलचित्रले सदियौँ पुरानो रिति श्रीमानको मृत्यु पछि महिलाले जिउंदै श्रीमान संगै जलेर सति जानु पर्ने कथा लाई पर्दामा उतारिएको छ। चलचित्रले महिला तथा पुरुषको बीचको विभेदको अन्त्य गर्न मद्दत गर्ने उदेश्यले चलचित्र निर्माण गरिएको जानकारी निर्देशक यादव भट्टराईले गराए।
Jhola-poster
चलचित्र ब्यबसायिक रुपमा नभई सामाजिक कुरीतिको बिषयमा सन्देश पुर्याउने उदेश्यले निर्माण भएको हो। आजको प्रदर्शनीमा थुप्रै साहित्यकार,पत्रकार तथा राजनीतिक नेताहरुले पनि चलचित्र हेरेका थिए पूर्व प्रधान मन्त्रिहरु बाबुराम भट्टराई,झलनाथ खनाल,लोकेन्द्र बहादुर चन्द,नेत्री हिसिला यमी,नेता इश्वर पोखरेल,कृष्ण प्रसाद सिटौला,केपी शर्मा ओली जस्ता दिग्गज राजनीतिक व्यक्तित्वहरुले पनि चलचित्र हेरेका थिए। चलचित्र हेर्नेहरु सबैले गम्भिर बिषयलाई चलचित्रको पर्दामा उतारिएकोले राम्रो सिनेमा बनेको प्रतिक्रिया दिए। चलचित्र’झोला’ मा गरिमा पन्त,दिपक क्षेत्रि,देशभक्त खनाल,लक्ष्मी गिरि लगाएत कलाकारको अभिनय रहेको छ।
jhola-sati

Copyright © 2012 - 2026 | All Right Reserved.