हास्य अभिनेता राजपाल यादव जेल चलान


बलिउड फिल्मका हास्य अभिनेता राजपाल यादवलाई जेल चलान गरिएको छ। ठगी मुद्दाको आरोपमा प्रमाणित उनलाई दिल्ली अदालतले १० दिनका लागि थुनामा राख्ने सजाय सुनाएको हो। अदालतको आदेशसँगै उनलाई जेल चलान गरिएको छ।
rajpal-yadav
नयाँ दिल्लीका व्यापारी एमजी अग्रवालले राजपाल दम्पतीले पाँच करोड रुपैयाँ सापटी लिएको तर तिर्न आनाकानी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए। सो रकम उनले सन् २०१० मा फिल्म ‘अता पता लापता’ बनाउन अग्रवालसँग सापटी लिएका थिए। ४२ वर्षे राजपाल यादव आफैंले निर्देशन गरेको उक्त फिल्म सन् २०१२ को नोभेम्बरमा रिलिज भएर फ्लप भएको थियो।

त्यसपछिका दिनमा अग्रवालले रकमका लागि बारम्बार ताकेता गरे पनि राजपालले आफूले अग्रवालसँग रकम नलिएको बताउँदै आएका थिए। अदालतले झुठो बोलेको तथा अदालतको अपहेलना गरेको कारण देखाउँदै १० दिनका लागि थुनामा राख्ने आदेश दिएको हो। मंगलबार अदालतमा आफ्नो बचावका लागि उपस्थित भए पनि यसअघिका दिनमा उनी अदालतले बारम्बार बोलाउँदा पनि हाजिर भएका थिएनन्।

अदालतले राजपालसँगै उनकी पत्नी राधा यादवलाई पनि दोषी प्रमाणित गरेको थियो। ‘अता पता लापता’की निर्माताको रुपमा राधाको नाम रहेकाले उनी पनि ठगी मुद्दामा मुछिएकी हुन्। तर सानो बच्चा भएका कारण उनलाई भने हरेक दिन रजिष्ट्रारको कार्यालयमा उपस्थित हुनेगरी छाडिएको छ। आउँदो वर्षको जनवरी १४ मा मुद्दाको अन्तिम सुनुवाई हुनेछ। रामगोपाल वर्माको ‘मस्त’बाट फिल्म यात्रा थालेका राजपालले वर्माकै ‘जंगल’बाट हास्य कलाकारको रुपमा ख्याति कमाएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.