गोबिन्द शाहीको पराई पौष २६ बाट


(सेलिब्रेटी नेपाल) १८ मंसिर-शिव रेग्मीले निर्देशन गरेको नेपाली चलचित्र पराई पौष २६ मा प्रदर्शन हुने भएको छ । मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा जानकारी गराइयो।
govinda-_garima_nandita
निर्माण कार्य सकेर लामो समयपछि प्रदर्शन हुन लागेको पराईका निर्देशक शिव रेग्मी अस्वस्थताका कारण कार्यक्रममा उपस्थिति हुन सकेनन्। निर्देशक रेग्मी अहिले काठमाडौँको एक हस्पिटलमा उपचार गराईरहेका छन्। कार्यक्रममा उपस्थित सबैले निर्देशक रेग्मीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
Parai-poster
पराई चलचित्रमा राजबल्लभ कोईराला, निरज बराल, गोबिन्द शाही, नन्दिता केसी, गरिमा पन्त लगाएतका कलाकारहरुको अभिनय रहेका छन्। कार्यक्रममा चलचित्रका दुइ नायक राजबल्लभ कोईराला र निरज बरालको उपस्थिति थिएन। बरिस्ट चलचित्रकर्मी उद्धव पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्रको प्रोमो र ३ वटा गीत पनि देखाइएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.