‘लोफर’ मल्टिप्लेक्स सहित एकसाथ सयवटा पर्दामा


(सेलिब्रेटी नेपाल) १८ मंसिर-छविराज प्रोडक्सनको ब्यानरमा छविराज ओझाले निर्माण गरेको चलचित्र ‘लोफर’ आगामी शुक्रबार अर्थात् मंसिर २१ गते बाट रिलिज हुँदैछ। नेपाली चलचित्रको इतिहासमा पहिलोपटक चलचित्र ‘लोफर’ मल्टिप्लेक्स सहित एकसाथ अल नेपाल सयवटा पर्दाबाट रिलिज हुने भएको छ। चलचित्रका मोफसल वितरक तथा एफडी कम्पनीका अध्यक्ष प्रदीपकुमार उदयका अनुसारउपत्यकाका बीस हलसहित अल नेपाल सय हलमा चलचित्र रिलिज हुन लागेको हो ।
Aryan-chabi
चलचित्रका लेखक तथा निर्देशक आदित्यविक्रम लम्सालले चलचित्रको स्क्रिप्ट तीन वर्ष लगाएर तयार पारेकोले चलचित्रलाई दर्शकले मन पराइदिनेमा आफु पूर्ण आशाबादी रहेको बताए। चलचित्र युनिटले मंगलबार राजधानीमा एक पत्रकार भेट घाट कार्यक्रमको आयोजना गरेको थियो।

समाजले नै लोफर जन्माउने र त्यही लोफरले समाजलाई नै दुःख दिने कथावस्तु समेटिएको चलचित्रमा आर्यन सिग्देल,दयाहांग राई,कमलमणि नेपाल,नव नायिका रजनी के सी को मुख्य भूमिका रहेको छ। दिजेन्द्र शाक्य निर्माता रहेको चलचित्रमा कविराज गहतराजको नृत्य, चन्द्र पन्तको द्वन्द्व,सोनालकृष्ण सापकोटा, आदित्यविक्रम लम्साल र बाबु प्रधान शैलेन्द्र को संगीत, मदनकाश्यप घिमिरेको छायाँकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.