५ करोडको लगानीमा बनेको गित कस्तो होला?(भिडियो)


धुम 3 लाई निर्माताले भनेका थिए कि उनीहरु टाइटल ट्रयाक बाहेक फिल्मको गीतलाई रिलिज गर्ने छैनन्। मात्र गीतको टीजर रिलिज गर्नेछन्। फिल्मको ५ करोडको लगानीमा बनेको मलंग बोलको गितको फर्स्ट लुक सार्बजनिक गरिएको छ। यसमा फिल्मको मुख्य आकर्षण मानिएका आमिर खान तथा कटरीना कैफ देखिनेछन।
aamir-khan-dhoom-3
फिल्मको गीत पुरै हेर्नका लागि २० डिसेम्बर फिल्म रिलिज हुने दिनलाई पर्खनुपर्ने हुन्छ । शुरुबाटै फिल्मलाई धेरै निगरानीमा राखिएको छ । ताकि यसलाई लिएर दर्शकमा क्रेज पैदा हुनेछ । यस्तो पनि खबर छ कि मलंग बनाउनलाई लगभग ५ करोड रुपैयाँ खर्च गरिएको छ । फिल्मको टिकटको मुल्य बढ्न सक्ने बताइएको छ। आदित्य चोपडाको फिल्मले कस्तो धुम मचाउने हो त्यो त हेर्न बाँकी नै छ।