कुमारी नायिका हर्शिका श्रेष्ठ


(सेलिब्रेटी नेपाल) १४ मंगसिर-नायिका हर्शिका श्रेष्ठले आठ वटा चलचित्रमा अभिनय गरि सकेकी छिन्। ति मध्ये तिन वटा प्रदर्शन पनि भई सकेका छन्। तर कुनै पनि चलचित्रले उलेख्य व्यापार गर्न सकेको छैन। उनैको अनुसार कुनै चलचित्र हिट नभए पनि राम्रो चलचित्रमा काम गरियो भनेर चित्त बुझाउने कुनै चलचित्र पनि भएनन्।
Harshika-shrestha
यहि कारण निराश भएकी हर्शिका यति बेला निकै खुसि भएकी छिन्। कारण नेवारी परम्परा कुमारी राख्ने प्रचलन माथि बन्न लागेको चलचित्र कुमारीमा उनि मुख्य भूमिकामा देखिने भएकी छिन्। उनले कुमारी बन्नका लागि ३ महिना देखि अरु कुनै काम नगरी खाली बसी रहेकी छिन्। कुमारी जस्तो चलचित्रमा काम गर्न पाउनु आफ्नो लागि निकै गौरभ भएको उनि बताउछिन्। सुगम रन्जितले निर्देशन गर्ने चलचित्रले कुमारीको प्रेमकथा लाई पनि जोड्ने कुरा नायिका हर्शिकाले बताईन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.