निर्देशक शिव रेग्मीको अवस्था चिन्ता जनक


(सेलिब्रेटी नेपाल) १२ मंगसिर-मृगौला प्रत्यारोपण गर्नु पर्ने भए पछि लामो समयदेखि उपचार गराइरहेका निर्देशक शिव रेग्मीको अवस्था चिन्ताजनक रहेको छ। केही समय यता देखि चितवनको मेडिकल कलेजमा आईसीयूमा राखेर रेग्मीको उपचार भइ रहेको थियो । चितवनको भरतपुर मेडिकल अस्पतालको भेन्टिलेटरमा राखिएका निर्देशक शिव रेग्मीलाई थप उपचारको लागी राजधानी ल्याइएको छ।
shib-regmi-health
आज दिउँसो इयर एम्वुलेन्सबाट दुवै मृगौला फेल भएका निर्देशक रेग्मीलाई परिवारका सदस्यले काठमाडौं ल्याएका हुन्। निर्देशक रेग्मीलाई हाल बल्खुस्थित बयोधा अस्पतालमा उपचार गराइदैं छ। प्राप्त जानकारी अनुसार निर्देशक रेग्मीलाई थप उपचारको लागी दिल्ली लगिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.