राजनीतिक व्यक्तित्वको दिमाग खराब बनाउने चलचित्र मेन्टल


(सेलिब्रेटी नेपाल) २८ कार्तिक-यतिबेला नेपाली राजनीतिक अबस्थाको कारण देश बासीहरु सार्है पिडित छन्। संधैको राजनैतिक विवाद, बन्द, हड्ताल र अन्यौलका कारण जनताले सास्ती पाएका छन् की उनिहरु कुनै पनि नेताको नाम पनि सुन्न चाहँदैनन्। जनताहरु आफैं अन्योलको भुमरीमा गुज्रिएका छन् अब देशको भबिस्य र आफ्नो क्यारिएरको चिन्ताले मेन्टल्ली रुपमा युवा वर्ग हरु पिडित रहेका छन्। यस्तो समयमा नेपाली चलचित्र उद्योगमा एउटा चलचित्र बनेको छ, जसले देशको खराब राजनीतिले एक असल व्यक्तिलाई पागल समान बनाउँछ भन्ने देखाउनेछ।
Mental-poster
‘मेन्टल’ नाम दिईएको सो चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका छन्। भर्खर सम्पादन सकिएको मेन्टल माघ पहिलो साता प्रदर्शन हुनेछ । प्रितम पाण्डेले सम्पादन गरेको चलचित्रमा भोजराज देवकोटाको कथा रहेको छ। चलचित्रलाई केहर सिंह भण्डारी, हरि क्षेत्री र सुदन धितालले बनाएका हुन्। अर्जुन पोखरेलको संगित रहेको सो चलचित्रमा प्रथम खड्का र पुजा भट्टको मूख्य अभिनय रहेको छ। जि.एस.एम. मिडिया क्याम्पको प्रस्तुतीमा बनेको मेन्टललाई राजेन्द्र सापकोटाले खिचेका छन् भने द्वन्द शंकर महर्जनको रहेको छ। चलचित्र हेर्नको लागि मन र मुटु दह्रो बनाउनु पर्ने छ,चलचित्र हेरे पछि राजनीतिक दलका नेता तथा कार्यकर्ताको दिमाग खराब हुनेछ भन्छन सम्पादक प्रितम पाण्डे।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.