यो हप्ता पनि हलमा कुनै नयाँ चलचित्र छैनन्


(सेलिब्रेटी नेपाल) २८ कार्तिक-कुनै समय हप्ताको ३-४ वटा सम्म नेपाली चलचित्र रिलिज हुने समय थियो। अहिले चुनाबी माहोल र नेकपा माओबादी बन्दको कारण नेपाली चलचित्रका निर्माताहरु आफ्नो चलचित्र रिलिज गर्न पछि हटेका छन्। गयको हप्ता जस्तै यो हप्ता पनि कुनै नयाँ नेपाली चलचित्रले प्रदर्शन हुने छैन।
nepali-film-industry
यो साता मात्रै होइन आउने साता पनि नेपाली चलचित्रका दर्शक हरुले नयाँ चलचित्र हेर्न पाउने छैनन्। अब नयाँ चलचित्र रिलिज मंगसिर १४ बाट मात्र हुने छ। नेपाली चलचित्रको बजार ओरालो लागि रहेको बेलामा तिन हप्ता चलचित्र प्रदर्शन नहुनुले चलचित्र उद्योग लाई झनै धरासायी बनाउन मल जल गरेको छ। अब चुनाब पछि बन्ने नयाँ सरकारले नेपाली चलचित्र उद्योग लाई कुन स्थानमा राख्ने छ र कसरि उद्योग अगाढी बढ्छ भन्न सकिने अवस्था छैन। राम्रो भनिएका र आशा गरिएका सिनेमा हरुले पनि आफ्नो लगानी सुरक्षित गर्न सकिरहेका छैनन्। यस्तै अवस्था रहेमा कहिले सम्म नेपाली चलचित्र उद्योग टिकी रहला भन्न सकिने स्थिति छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.