कात्तिक २३ गते मलेसियामा हुने भनिएको नेफ्टा अवार्ड नहुने


(सेलिब्रेटी नेपाल) १४ कार्तिक-कात्तिक २३ गते मलेसियामा हुने भनिएको नेफ्टा अवार्ड नहुने भएको छ । आयोजक प्राबिधिक संघले अवार्डको सम्पूर्ण तयारी सकिएको जनाए पनि मलेसियामा संयोजन गरिरहेको स्थानिय आयोजक सुवास इन्टरटेन्मेन्टले अनिश्चित कालका लागि अवार्ड कार्यक्रम स्थगित भएको जनाएको छ । प्राबिधिक संघले ताम झामका साथ नोमिनेसन सार्बजनिक कार्यक्रम तथा विभिन्न कलाकार हरु लाई नृत्य कम्पोज गरेको थियो। नोमिनेसन सार्बजनिक भए पछि विभिन्न व्यक्ति तथा मिडियाहरुले अवार्डको बिस्वस्नियातामा प्रश्न चिन्य उठाई सकेका थिय।
nefta-film-award
सुवास इन्टरटेन्मेन्टले भिसा लगायतका विभिन्न प्राबिधिक कारणहरु जनाउदै अवार्ड स्थगित गरेको हो । उसले प्राबिधिक संघ सँग छलफल गरेर अर्को मिति तोक्ने जनाएको छ । प्राबिधिक संघका अध्यक्ष मनोज के सी संग अवार्डको बिषयमा सोद्दा उनले ‘हामी छलफलमा व्यस्त रहेका छौँ हामी केहि दिनमा सूचना जारी गर्ने छौँ’भन्ने जवाफ दिए।
यो पनि हेर्नुस —————- नोमिनेसन सार्बजनिक संगै नेफ्टा अवार्डको बिस्वसनियतामा प्रस्न चिन्ह?

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.