कृष्णको सांगीतिक धुनमा जीवन र निताको रोमान्स


(सेलिब्रेटी नेपाल) ९ कार्तिक- तारा सीतारा प्रोडक्सनको ब्यानरमा चलचित्र ‘धुन’ बन्ने भएको छ करिब २० वटा चलचित्रमा सहायक तथा मुख्य सहायक निर्देशकको रुपमा काम गरि सकेका कृष्ण पौडेलले ‘धुन’ बाट निर्देशकको रुपमा डेब्यु गर्दै छन्।
Krishna-Dhoon
चलचित्र ‘धुन’म्युजिकल लभ स्टोरी बेस रहने निर्देशक कृष्णले सेलिब्रेटी नेपाल लाई जानकारी गराए चलचित्रमा जीवन र निताको जोडी देख्न सकिने छ। जीवन र निता संगै अन्य कलाकार हरु श्रेया दुलाल,जीवन भट्टराई,रमेश बुढाथोकी,नबिन बुढाथोकीको पनि मुख्य भूमिका रहने छ चलचित्र को छायांकन संबिधान सभाको निर्वाचन सकिए लगत्तै सुरु गरिने छ। काठमाडौँ,दमक,पोखरा लगाएतका स्थान हरुमा सुटिंग गरिने चलचित्रको गीत रेकर्डिङ्ग सकिएको छ। चलचित्रको गीत हरुमा संगीत लक्की सिटौलाको रहेको छ। कृष्ण आचार्य र अनुप पौडेलको स्क्रिप्ट रहेको चलचित्र लभ र म्युजिकको फ्युजन हुने छ।

Copyright © 2012 - 2026 | All Right Reserved.