संयम संगै ४ नायकसंग नम्रताको रोमान्स


(सेलिब्रेटी नेपाल) ८ कार्तिक-सायद’ र ‘होस्टेल’ जस्ता सफल चलचित्र निर्माण गरेको दुर्गिस फिल्मस्ले तेस्रो चलचित्र निर्माणको तयारी गरेको छ।
Namrata_Shrestha cbbbbbbbbपहिलो चलचित्र सुरज सुब्बा र दोस्रो चलचित्र हेमराज बि सी ले निर्देशन गरेका थिए भने अबको चलचित्र लाई सुरज भूषालले निर्देशन गर्ने भएका छन् ।सुरज भूषाल निर्देशित चलचित्र मौनले मध्यम व्यापार गर्न सफल भएको थियो दुर्गिस फिल्म्सको ब्यानरमा बन्ने तेस्रो चलचित्रको नाम फाइनल गरि सकिएको छैन तर चलचित्रका लागि कलाकार भने फाइनल गरिएको छ।

पहिलो चलचित्र ‘सायद’बाट सफल बनेका संयम पुरी र ‘होस्टेल’का कलाकार अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी दोहोरिएका छन् । सुन्दरी हिरोइन नम्रता श्रेष्ठ पनि मुख्य भूमिकामा छिन् । प्रेमकथामा आधारित भनिएको फिल्ममा यी तन्नेरी हिरोसँग नम्रताको रोमान्स देख्न पाइने बताइएको छ।

चलचित्रको हाल स्क्रिप्टको काम भइरहेको बताइएको छ । माघदेखि फिल्मको वर्कसप थालिने निर्माता सुनिल रावलले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.