नेपाली मूलका बलिवुडमा चर्चित छायांकार विनोद प्रधान सम्मानित


Binod-Pradhan (सेलिब्रेटी नेपाल) ७ कार्तिक-नेपाली मूलका चर्चित छायांकार विनोद प्रधान बलिउडका चर्चित चलचित्रहरुको छायांकन गरेर स्थापित भएका व्यक्ति । उनै प्रधानलाई नेपाल चलचित्र प्राविधिक संघले आज एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्मान स्वरूप मानार्थ सदस्यता प्रदान गरेको छ।

प्राविधिक संघका अध्यक्ष मनोज केसीले उनलाई परिचय पत्र प्रदान गरे भने चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले प्रधानलाई भादगाउँले टोपी लगाइदिएका थिए कलाकार बसुन्धरा भुषालले सम्मानपत्र प्रदान गरेकी थिइन्। कार्यक्रममा बोल्दै बरिस्ठ छायाँकार बिनोद प्रधानले आफुले सम्मान पाउँदा अत्यधिक खुसि लागेको बताए।

दार्जलिंग जन्मिएका छायाँकार प्रधानले कुसुमे रुमाल, लाहुरे, सम्झना, तृष्णा, सपना जस्ता नेपाली चलचित्रको छायांकन गरेका छन् । विनोद प्रधान परिन्दा, देवदास, खामोस, रङ्दे वसन्ती, मौसम, भाग मिल्खा भाग जस्ता दर्जनौं बलिउड फिल्मका छायाँकार हुन् । उनी बलिउडमा महंगा छायाँकारको सुचिमा पर्छन।

Binod-pradhan-samman

Copyright © 2012 - 2026 | All Right Reserved.