अन्तत भुवन के सी एमालेको तर्फबाट समानुपातिक उमेद्वार


(सेलिब्रेटी नेपाल) ७ कार्तिक-नायक भुवन के सी अन्तत एमालेको तर्फबाट समानुपातिक उमेद्वार बनेका छन्। निर्वाचन आयोगले सार्बजनिक गरेको समानुपातिकको बन्द सुचिमा भुवन के सी को नाम २६८ औं स्थानमा छ। भुवन काठमाडौँ बाट उमेद्वार बनेका हुन्।
Bhuwan-kc
यसअघि टिकट नपाउने अवस्था देखेपछि उनी राप्रपा नेपालमा प्रवेश गर्ने तयारीमा थिए। पछि एमालेले प्रत्यक्षतर्फको टिकट दिने आश्वासन पाएपछि उनी राप्रपा नेपालमा गएनन्। राप्रपा नेपाल प्रवेश गर्नबाट रोकेको एमालेले आश्वासन अनुसार केसीलाई प्रत्यक्षतर्फको टिकट पनि दियो। पछि कार्यकर्ता तथा केहि व्यक्तिको बिरोध आए पछि उनको टिकट खोसिएको थियो। उनले देशव्यापी रुपमा एमालेले बहुमत ल्याउन जेजस्तो योगदान गर्न पनि तयार रहेको बताएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.