निशा बिराजको मनपर्ने नायिका अब विराजको जोडी निशा


(सेलिब्रेटी नेपाल) २१ असोज नेपाली चलचित्रका कुनै बेलाका सुपर हिट एक्सन नायक बिराज भट्ट पछिल्लो समय भोजपुरी चलचित्रमा पनि सफल नायक बनेर प्रस्तुत भई सकेका छन्। आजकल उनको धेरै समय भारतमा नै बित्ने गरेको छ। यति बेला बिराज भट्ट दशैं मान्न नेपाल आइ पुगेका छन्। दशैं संगै यहि २५ गते अर्थात् फूलपातीका दिन देखि प्रदर्शनमा आउन लागेको उनि अभिनित चलचित्र दामिनिको प्रचारमा पनि उनि ब्यस्त भई रहेका छन् दामिनी संगै रेखा थापाको चलचित्र काली पनि उक्त दिन बाटै अल नेपाल प्रदर्शन हुँदैछ। यति बेला रेखा र बिराज बिचको वाक युद्दले कलिवुड बजार तताई राखेको छ।
Biraj-Bbhatta
यी दुइ चलचित्र मध्ये कुन चलचित्र लाई दर्शकले मन पराउने हुन् र रेखा र विराजमा को अघाडी भन्ने फैसला हुने भन्ने रुपमा पनि यति खेर बजारमा हल्ला चल्न थालेको छ। जे होस् यी दुवै चलचित्रले राम्रो व्यापार गरुन हाम्रो सुभकामना।बिराज भट्ट केहि समयको ज्ञाप पछि र आफ्नो चलचित्र प्रचारका लागि लागि रहेका बेला उनि सबै जसो मिडियामा अन्तरबार्ता दिने र आफ्नो कुरा राख्न मै ब्यस्त छन्। उनले हालै मात्र एक अन लाइन पत्रिका संग कुरा गर्दै आफुलाई सबै भन्दा मन पर्ने नायिका निशा अधिकारी भएको कुरा बताएका छन्।
Nisha-adhikari
निशाले अभिनय गरेको पहिलो चलचित्र नैना रेशममा नैना र रेशमको जोडी को रुपमा संगै कम गरेका थिय। विराजले निकट भबिस्यमा आफुले नेपाली चलचित्र निर्माण गर्ने र कथामा फिट भएमा नायिका निशा लाई नायिकाको रुपमा संगै काम गर्ने बताएका छन् विराजले निशा एकदमै राम्री अभिनेत्री हुन् भन्दै निशाको प्रसंशा पनि गरेका छन्। उनले नायिका रेखा थापा संग भबिस्यमा संगै काम नगर्ने र बिराज र रेखा संगै अभिनित दामिनी नै अन्तिम चलचित्र हो पनि भनेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.