रेखा काली र दामिनी विराजको युद्द बिकाश बोर्ड सम्म


(सेलिब्रेटी नेपाल) २० असोज-नेपाली चलचित्र उन्नति तिर होइन उँधो तिर लम्की रहेको छ। एकै केहि महिना पहिले सम्म एकै साता ४-५ वटा सम्म चलचित्र रिलिज हुने गरेका थिए भने गएको महिना हप्तामा २ चलचित्र मात्र रिलिज भई रहेका छन् २ चलचित्र मात्र रिलिज हुँदा पनि चलचित्रका निर्माता संतुस्ता छैनन आफ्नो लगानी सुरक्षित गर्न सकेका छैनन अब आउने सुक्रबार नेपाली हरुको महान चाड बिजय दशमी टार्गेट गरेर रिलिज हुन लागेको ‘काली’ संग अर्को चलचित्र ‘दामिनी’ भिड्दै छ।
Rekha-thapa-biraj-bhatta
केहि वर्षअघि देखि प्रत्येक दशैँ र नयाँ बर्षको छेको पारेर चलचित्र रिलिज गर्दै सफलता हात पारी रहेका निर्माता छबि राज ओझा यस पाली दामिनीले झट्का दियो भनेर अलि तनाबमा देखिएका छन्। आफ्नो चलचित्र संगैको दिनमा प्रदर्शन हुन् लागेको भनेर दामिनिको प्रदर्शन रोक्न उनले बिकाश बोर्डमा निबेदन समेत दर्ता गराएका छन्। उनि आफ्नो समान राम्रो छ भने अरु लाई रोक्न खोज्न नलाग्नु पर्ने हो उनि किन आत्तिए बुझ्न गार्हो पर्यो एकै दिन ४ चलचित्र जुद्दा पनि सहने र कम्पिटिसन गर्ने निर्माताहरु यहाँ थुप्रै छन्। उनले बिदेशी चलचित्र भनेर दामिनी लाई भनि रहंदा रेखा थापा पनि दामिनिमा छिन् भन्ने बिर्सेका हुन् कि रेखाले उति बेला दामिनी अभिनय गर्ने बेलामा के सोचेर अभिनय गरिन?

रेखा थापा र किशोर खतिवडा अभिनित चलचित्र काली र बिराज भट्ट र रेखा थापा अभिनित दामिनिको घम्सा घम्सी गज्जब कै हुने देखिएको छ। छविराज ओझा सफल निर्माता हुन उनको काली र उनको आफ्नै अर्को चलचित्र पनि फुलपाती कै दिन प्रदर्शन गर्ने भनेर सुटिंग सेट बाट नै घोसणा गरेका थिय। पछि रेखाको कालीको जिम्मा उनकै पोल्टामा परे पछि लोफ़र लाई पछि धकेलेर काली रिलिज गर्न लागेका हुन। यति खेर उनलाई दामिनी गर्दा अलि गार्हो परेको देखिएको छ। यी दुइ मध्ये कुन चलचित्रले बाजी मार्ला त्यो त चलचित्र उद्योगकै लागि प्रतिक्षाको बिषय हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.