‘सोन्या किड्स रनवे’ को पहिलो कार्यक्रम चितवनमा सम्पन्न



काठमाडौँ । सोन्या किड्स इभुलेशन चेन्जको पहिलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम चितवनको भरतपुरमा शनिबार सम्पन्न भएको हो । कार्यक्रममा
स्प्रिङकल किड्स गार्डेनका १८ जना बालबालिका सहभागी भएका थिए। कार्यक्रम संचालन गर्नको लागि किड्स गार्डेनको मुख्य भूमिका रहेको थियो । भग लस्टको आयोजनामा सम्पन्न कार्यक्रममा १८ किड्स मोडलहरुले प्रस्तुति दिएका थिए ।

सोन्या गुरुङको कोरियोग्राफीमा ४ सिक्वेन्स, डान्स र ड्रामा थिममा क्याटवाकको माध्यमबाट बालबालिकाहरूले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी भएर आफूले आफ्नो प्रस्तुति प्रस्तुत गर्न पाउँदा खुशी लागेको बालबालिकाहरूले बताएका छन् । साथै अभिभावकहरूले पनि आफ्ना बालबालिकालाई सोही कार्यक्रममा सहभागी गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् ।

इभुलेशन चेन्जको मुख्य नारा सहित सम्पन्न भएको उक्त कार्यक्रममा आफ्नो बालबालिकाको प्रतिभालाई क्याटवाक मार्फत सबैको सामु प्रस्तुत गराउन स्प्रिङकल किड्स गार्डेनको प्रमुख भूमिका रहेको थियो । कार्यक्रम सम्पन्न गर्नमा प्रत्यक्ष – अप्रत्यक्ष रुपमा अभिभावकको ठूलो साथ र सहयोग रहेको र यस कार्यक्रम गर्नुको मुख्य उदेश्य बालबालिकाहरुको व्यक्तित्व विकासको लागि गरिएको कार्यक्रमकी आयोजक सोन्या गुरुङले बताइन् ।