नोमिनेसन सार्बजनिक संगै नेफ्टा अवार्डको बिस्वसनियतामा प्रस्न चिन्ह?


(सेलिब्रेटी नेपाल) १९ असोज-नेपाल देश आफैंमा गज्जबको छ त्यस माथि पनि यहाँ बेला बेलामा गज्जब कार्य हरु हुने गर्दछन। नेपाली चलचित्र उद्योगमा एका एक ठुलो परिवर्तन आएको छ २-३ बर्ष अघि सम्म बनेका चलचित्र हरु मध्ये २-३ वटा बाहेक सबै जसोले लगानी उठाउने गर्थे तर गएको बर्ष पर्दशन भएका लघभग १०० चलचित्रमा २-३ वटाले लगानी उठाए अरु सबैले घाटा सहे यो बर्षको आधा समय असोजको तेस्रो साता सम्म प्रदर्शनमा आएका ६० चलचित्र मध्ये १-२ वटा भन्दा बाहेक चलचित्रले आफ्नो लगानी पनि उठाउन सकेनन नाफा कमाउने त परको कुरा भयो। प्रसंग नेफ्टा अवार्डको
nefta-film-award
प्राबिधिक संघले बिगत ५ बर्ष देखि गर्दै आएको नेफ्टा अवार्ड यस पाली बिदेशी भुमि मलेसियामा गर्न लागेको छ। यसरि हाल निर्माण भई रहेका चलचित्र हरु घाटामा गइ रहेको र अबको नेपाली चलचित्र भबिस्य के हुने भन्ने अन्योल छाई रहेको बेलामा बिदेशमा गयर अवार्ड गर्नु कत्तिको सान्दर्भिक होला? त्यो त प्राबिधिक संघ जस्तो संस्थाले मुल्यांकन गरेकै होला अवार्ड कार्यक्रम गर्नु राम्रो हो। त्यस माथि पनि विदेशमा गर्नु झनै राम्रो हो तर ‘विदेशमा गरेको भनेर आफ्नो हैसियत र अवार्डको मर्यादा नै नराख्नु चाहिं गलत हो’ एक जना बरिस्ठ चलचित्रकर्मी आफ्नो विचार राख्छन।

नेफ्टा अवार्डको टप थ्री नोमिनेसन सार्बजनिक गरिएको छ। टप लिस्ट सार्बजनिक भए संगै यस अवार्ड प्रति बिस्वस्नियता गुमेको पनि धेरैले भन्न थालेका छन्। मलेसियामा धेरै कलाकार लान गार्हो हुने भएकोले टप फाईभ बाट टप थ्री निकालिएको प्राबिधिक संघका अध्यक्ष मनोज के सी बताउछन् टप फाईभ बाट टप थ्री निकाल्नु त ठिकै हो। ६ -६ वटा विधामा टप थ्री मा एकै जनाको नाम २ वटा चलचित्र बाट पर्नु चाहिं अलि अचम्मको कुरा भयो टप फाईभमा १-२ विधामा १ जना दुइ चलचित्र बाट पर्नु सम्म सामान्य नै हो। यहाँ त तिन मा एकै जना २ वटा बाट अनि अर्को १ जनाको कम्पिटिसन गजब छैन त ?

यो कसरि हुन गयो भनि अवार्ड आयोजक संस्था प्राबिधिक संघका अध्यक्ष मनोज के .सी संग सोद्दा यो संयोग मात्रै हो अरु केहि छैन भन्ने जवाफ दिए संयोग पनि गज्जब कै छ जुन विधामा एकै व्यक्ति २ वटा नोमिनेसनमा परे ति सबै प्राबिधिक तर्फ मात्र छन् मेक अप,ड्रेस,आर्ट,कोरियोग्राफर,ब्याक ग्राउन्ड स्कोर,म्युजिक एरेन्जर यिनै ६ विधामा एक व्यक्ति दुइमा मेक अप सरोज पाण्डे,सरोज पाण्डे र सन्तु तामांग,ड्रेस निलिमा शर्मा, निलिमा शर्मा र नमुना कलेज,कोरियोग्राफर रेनेशा राई,रेनेशा राई र शंकर बि सी,आर्ट निरज श्रेष्ठ,निरज श्रेष्ठ र राजु पेन्टर,ब्याक ग्राउन्ड स्कोर सुजिल कर्माचार्य,सुजिल कर्माचार्य र एलिश कार्की,म्युजिक एरेन्जर महाराज थापा,महाराज थापा र सुजिल कर्माचार्य नोमिनेसनमा परेका छन्।
सार्बजनिक गरिएको सम्पूर्ण नोमिनेसन विवरण भिडियोमा हेर्नुस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.