सुवेदीको चलचित्र ‘सतीदेवी’लाई सबैले हेर्न पाउने



काठमाडौँ । लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहिबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो । चलचित्रलाई सेन्सर बोर्डमा हेर्नेले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सले सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै चलचित्र सबै वर्गका दर्शकले हेर्न पाउनेछन् ।

सामाजिक कथामा निर्माण भएको चलचित्रले देशमा जतिनै परिवर्तन आएपनि परिवर्तिन हुन नसकेको महिलाको कथालाई बिषय बनाएको छ । बाबुछोरीको कथा समेत देखाएको चलचित्रले समाजमा हुने छोराको चाहना, छोरीको महत्वलगायतको बिषय समेत देखाउने निर्देशक सुवेदीले बताए । चलचित्रले आमा छोरी र दिदिबहिनी बिचको सम्बन्धलाई देखाएको छ। २ घण्टा १५ मिनेट लामो चलचित्र हेरी सकेपछि सेन्सर बोर्डका प्रतिनिधीहरु पनी भावुक बनेका थिए। एउटा पारिवारिक र सामाजीक कथामा बनेको चलचित्रले दर्शकबाट उत्कृस्ट प्रतिक्रिया पाउनेमा सुवेदी बिश्वस्त छन्।

दीलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन्। मलिकाको मुख्य भूमिका रहेको चलचित्रमा हर्षिका वली र मञ्जिला बानियाँ बालकलाकारको पनि अभिनय छ। चलचित्रमा कुलदीप अधिकारी, सिर्जना अधिकारी, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, भोला सापकोटा, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनीषा सापकोटा, विमल श्रेष्ठ, ईश्वरी सिंहलगायतका कलाकारले अभिनय गरेका छन्।

दीपक शर्मा र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा प्रताप दास, दीपा लामा, ममता गुरुङ र सविन सुवेदीको स्वर छ। बाबु श्रेष्ठले खिचेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् भने कोरियोग्राफी रामजी लामिछाने र पार्श्व संगीत सम्राट थापाको छ। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । चलचित्रको गीत र निर्माण समेत सुवेदीकै हो । यो वर्षको अन्तिमसम्म चलचित्र रिलिज गर्ने योजना निर्माण युनिटको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.