महानायक राजेश दशैं मनाउदैनन्


(सेलिब्रेटी नेपाल) १९ असोज-अभिनेता राजेश हमाल दसैं आएको र गएको थाहै पाउँदैनन्। उनको घरमा दसैं कोठा छ। तर, त्यहाँ जमरा नउम्रिएको एक दशकजति भयो। दुर्गाकवच र चण्डीपाठ गर्न पण्डितहरु आउन छाडे। न उनीकहाँ कोही टिका थाप्न आउँछन्, न उनी नै निधार थाप्दै आफन्तकहाँ जान्छन्। दसैंप्रति यो विरक्ति उनमा त्यो दिन उत्पन्न भयो, जब टीकाकै दिन उनले आमा गुमाए।
Rajesh-Hamal-nfdc
नागरिकमा प्रकाशित समाचारअनुसार ज्वरो आएर जँचाउन लगेको आमालाई ओम नर्सिङ होमका डाक्टरले भर्ना गर्नुपर्छ भने। ‘कमजोरीले हो, आत्तिनुपर्दैन’ भनेका थिए। बिस्तारै एन्टिबायोटिकले काम गर्न छाड्यो। ‘भेन्टिलेटरमा राख्नुपर्यो‍ भनेर टिचिङ अस्पताल लग्यौं,’राजेश भावुक भए,‘उहाँको स्थिति झन् नाजुक भयो, विजयादशमीकै दिन हामीलाई शोकमा डुबाएर जानुभयो।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.