माओवादी प्रवेश गरेकी रेखा पनि जिल्लै


(सेलिब्रेटी नेपाल) १७ असोज-अभिनेता भुवन केसीको व्यापक विरोध भए पछि अन्तत नेकपा एमालेले उम्मेद्वारि नै फिर्ता लिएपछि निकै तामझामका साथ एकीकृत माओवादी प्रवेश गरेकी नायिका रेखा थापाले पनि टिकट पाईनन।
Rekha-kamred
प्रत्यक्ष तर्फ उमेद्वार बन्ने ठूलै प्रयास गरेपनि एकीकृत नेकपा माओवादीले अन्तिम नामावली सार्वजनिक गर्दा रेखाको नाम अटेन। पर्सा क्षेत्र नम्बर १ बाट सिफारिसमा परेकी थापाको ठाँउमा बलिराम साहलाई उम्मेद्वार बनाएपछि रेखाको प्रत्यक्षतर्फ उम्मेद्वार बन्ने चाहना केबल सपनामै सिमित भयो। मंगलबार वीरगञ्जका स्थानीय नेता/कार्यकर्ताले नवप्रवेशीलाई चुनावमा उठाउन लागेको भन्दै चर्को विरोध जनाएका थिए। उनीहरुले रेखालाई टिकट दिए वागी उम्मेदवार बन्ने घोषणा गरेपछि एमाओवादीमा दबाब परेको थियो। स्थानीय तहबाटै आएको यति चर्को विरोधलाई वेवास्ता गर्दै टिकट दिँदा अन्य क्षेत्रमा पनि नकारात्मक असर पर्ने भएकोले रेखालाई हटाईएको बताइएको छ।

रेखाले गएको जेठमा एमाओवादी अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेकी थिइन्। त्यतिबेलादेखि नै उनले चुनाव लड्न इच्छुक रहेको भनाई सार्वजनिक गरेकी थिइन्। पार्टीबाट पनि उनलाई टिकट पाउनेमा आश्वस्त गराइएको थियो भुवन र रेखा बाट अब नेपाली सेलिब्रेटी हरुले सोच्नु पर्ने बेला भएको छ आफ्नो स्थान र हैसियत र आफुले गर्नु पर्ने कार्यलाई कसरि कुन हद सम्म पुग्ने भनेर !

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.