२४ घन्टामै भुवनको टिकट खोसियो


(सेलिब्रेटी नेपाल) १६ असोज-नेकपा एमालेले सवैलाई चकित पारेर नायक भुवन केसीलाई संविधान सभा चुनावमा काठमाडौ क्षेत्र नंवर १ वाट टिकट दिएको २४ घण्टा नवित्दै खोसेको छ । पार्टीका कार्यकर्ताको व्यापक विरोध तथा तिब्र प्रतिक्रिया पश्चात नेकपा एमालेको स्थायी कमिटीको बैठकले नायक केसीलाई दिएको टिकट खोसेको जनाएको छ । नायक केसीको स्थानमा काठमाडौ क्षेत्र नंवर १ वाट एमालेका विद्या न्यौपानेलाई टिकट दिएको छ। नायक केसीको टिकट खोसिएपछि पार्टी कार्यकर्तामा खुशीको लहर छाएको छ भने, नायक भुवन केसीले भने, आफूविरुद्ध षडयन्त्र भएको प्रतिक्रिया जनाएका छन् ।

Bhuwan-kc-romans२०६८ सालमा एमाले प्रवेश गरेका केसी आगामी संविधानसभा चुनावमा उम्मेद्वार बन्ने हल्लाले यसअघिदेखि नै चर्चित भएका थिए । चुनावमा टिकट पाउन उनले पार्टी नेताहरुको घरदैलो मात्र चाहारेनन्, पार्टी छोड्ने धम्की समेत दिए ।एकहप्ता अघि राप्रपा नेपालमा प्रवेश गर्न लागेका उनलाई टिकट दिने आश्वासनामा एमालेले रोकेको थियो । यही आश्वासन अनुसार मंगलबार उनले टिकट पनि पाए । तर एमाले भित्रैबाट यसको बिरोध भएपछि एमालेले उनको टिकट खोसेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.