अभियान सम्मान २०७० बाट कलाकर्मी तथा रंगकर्मी सम्मानित


(सेलिब्रेटी नेपाल) १६ असोज-अभियानको ३० औं वार्षिक उत्सवको उपलक्ष्यमा आज राजधानीमा एक कार्यक्रमका बीच कलाकर्मी तथा रंग कर्मी लाई सम्मान गरियो। अभियान सम्मान २०७० बाट ९ जना कलाकर्मी तथा २ जना रंगकर्मी सम्मानित भएका हुन्। बरिस्ठ कलाकार कृष्ण मल्ल अध्यक्ष रहेको संस्था अभियानले यसरि कलाकर्मी हरु लाई बार्षिक रुपमा सम्मान गर्दै आइ रहेको छ।
Laxmi-Giri
वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ल प्रमुख अतिथि रहेको कार्यक्रममा सम्मानित कलाकर्मीलाई फुलमाला लगाएर सम्मान पत्र हस्तान्तरण गरिएको थियो। नाट्यकर्मी अशेष मल्ल अभियान रत्न सम्मान २०७० बाट सम्मानित भए। अभियान श्री सम्मान २०७० बाट कलाकार लक्ष्मी गिरी, सानु ताम्राकार, रामकेशर बोगटी, कृष्ण मुरारी ढुङ्गेल, नृत्य निर्देशक कमल राई, निर्माताद्धय प्रदीप कुमार उदय र छवि ओझा, लोक दोहोरी गायक राम प्रसाद खनाल, रंग पत्रकारद्धय विदुर गिरी र शान्तिप्रिय सम्मानित भए।Chabi-raj-ojha
नृत्य निर्देशक कमल राई सुटिङमा व्यस्त भएकाले उनका चेला गोविन्द राई सम्मान ग्रहण गर्न कार्यक्रममा उपस्थित भएका थिए भने हाल अमेरिकामा रहेका लोक दोहोरी गायक राम प्रसाद खनालको सम्मान हाँस्य कलाकार शिवहरी पौडेलले ग्रहण गरे। Pradip-udaya
Tika-pahari
Bidur-giri-jShanti-Priya-j

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.