भुवन केसी एमालेको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर १ मा उम्मेद्वार


Bhuwan kc(सेलिब्रेटी नेपाल) १५ असोज-कलाकार भुवन केसी एमालेको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेद्वार बनेका छन् । एमालेले मंगलबार सार्वजनिक गरेको उम्मेद्वार सूचीमा उनको नाम उल्लेख छ। यसअघि पार्टीले टिकट दिन नखोजेको भन्दै उनी राप्रपा नेपालमा प्रवेश गर्ने तयारीमा लागेका थिए।
राप्रपा नेपालले भुवनले सदस्यता लिइ सकेको दाबी गर्दै आयको थियो टिकटको लागि निकै दौडधूप र घुर्की लगाएपछि केसीलाई टिकट दिन एमाले बाध्य भएको हो । यसअघि एमालेले काठमाडौं १ बाट बिदुर मैनालीलाई उठाउने तयारी गरेको थियो ।कलाकार केसीले त्यस क्षेत्रबाट एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल, कांग्रेस महामन्त्री प्रकाशमान सिंह र राप्रपा नेपालका भरत जंगमसँग प्रतिष्पर्धा गर्नेछन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.