भुवन केसीले माओबादी चुनाबी गीतमा ननाच्ने


(सेलिब्रेटी नेपाल) १३ असोज -दुइ बर्ष पहिले एमाले प्रवेश गरेका अभिनेता भुवन केसीले एमाओवादीले चुनाव प्रचारका लागि तयार पारेको गीतमा मोडलिङ गर्न अस्वीकार गरेका छन्। स्रोतका अनुसार केसीले लिएको पारिश्रमिकसमेत फिर्ता गरिदिएका छन्। उनले कति पारिश्रमिक लिएका थिए भन्नेबारे भने स्पष्ट पारिएको छैन्।
Bhuwan kc
एमालेबाट चुनाव लड्ने तयारीमा रहेका भुवन समाचार प्रकाशमा आएपछि माओवादीको चुनावी प्रचारको गीतमा मोडलिङ गर्न हिचकिचाएको स्रोतले बतायो। यो हप्ता भुवन राप्रपा नेपाल प्रवेश गर्ने कुराले पनि बजार तातेको थियो तर उनि राप्रपा प्रवेश गर्ने कार्यक्रम बनायर फेरी एमालेमा नै बसेका छन्। एमाले बाट टिकट पाउने निश्चित भए पछि उनले माओवादीको चुनावी गीतमा पनि मोडलिङ गर्ने मनस्थिति पनि परिवर्तन गरेका हुन्। यस अघि सो गीतमा रेखा थापा र भुवन केसीले मोडलिङ गर्ने तय भएको थियो। उक्त माओवादीको चुनावी गीतमा आवाज भने उदितनारायाण झाले दिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.