नायक सुशील क्षेत्रि पत्रिकामा सम्पादक बन्दै !


(सेलिब्रेटी नेपाल) १२ असोज-आगो चलचित्र बाट नेपाली चलचित्रमा प्रवेश गरेका नायक सुशील क्षेत्रिले थुप्रै सफल चलचित्रमा अभिनय गरि सकेका छन्। उनि अब पत्रिकाको सम्पादक पनि हुने भएका छन् उनले सम्पादनको जिम्मा लिएको पत्रिकाको नाम आगो हो उनको पत्रिका बजारमा किनेर पढ्न पाइने छैन किन भने यो चलचित्रको पर्दा भित्रको कथामा मात्र हो। १३ वर्षअघि निर्माण भएर सुपरहिट भएको चलचित्र ‘आगो’ को सिक्वेल ‘आगो २’ हाल धमाधम सुटिंग भई रहेको छ। मदन घिमिरेको निर्देशनमा बनिरहेको चलचित्रका निर्माता किसान पोखरेल हुन्।
sushil-xetri
‘नेपालको राजनितिक परिस्थितीको यथार्थलाई चित्रण गरेर चलचित्र निर्माण भई रहेछ’ चलचित्रका निर्माता किसान पोखरेलले चलचित्रको विषयमा भने , ‘नेपालमा गणतन्त्रका लागी जनयुद्ध भयो तर गणतन्त्र आएन मात्र गणतन्त्रवादी आए भन्ने कुरा पनि देखाउन खोजेका छौ।’ उनका अनुसार चलचित्रमा एउटा मुलधारको पत्रिका छ जसको नाम ‘आगो’ रहेको छ । उक्त पत्रिकाका सम्पादकमा नायक शुसिलले अभिनय गरेका छन्। पत्रिकामा भ्रष्टचारी नेताका कर्तुतहरु प्रकाशित हुने गरेपछि नेता र संचारमाध्यमप्रतीको द्धन्द पनि चलचित्रमा पाइन्छ। निर्माता पोखरेल भन्छन्,‘समग्रमा भन्नुपर्दा यस चलचित्रमा जनताको विश्वासघाती नेताहरुप्रतीको विद्रोह र आक्रोश छ।’चलचित्रमा शुसिल क्षेत्रि,गणेश गिरी र किसन सुनारल,सारिका घिमिरे,प्रिया रिजाल लगायतको मुख्य अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.