महानायक राजेश हमालले चुनाबी गीतमा नाच्न अस्वीकार गरे


(सेलिब्रेटी नेपाल) १० असोज-संविधानसभा चुनावको प्रचारको लागि एकीकृत नेकपा माओवादीले तयार पारेको गीतमा अभिनय गर्न महानायक राजेश हमालले अस्वीकार गरेका छन ।
Rajesh-Hamal-nfdc
नेता प्रभु साहले तयार पारेको चुनावी गीतको म्युजिक भिडियोमा नाच्न रेखा थापा र आर्यन सिग्देल भने तयार भएका छन् । स्रोतका अनुसार चुनावी गीतमा नाच्नको लागि थापा र सिग्देलसँगै भुवन केसी र हमाललाई पनि अनुरोध गरिएको थियो।हमालले आफू स्वतन्त्र कलाकार भएकाले कुनै पार्टीले तयार पारेको गीतमा अभिनय नगर्ने भन्दै पन्छिएका छन्। तर केसीले भने कुनै प्रतिकृया दिएका छैनन्। एमालेबाट उम्मेद्वार बन्ने तयारीमा लागेकाले उनले पनि अभिनय गर्ने सम्भावना कम रहेको स्रोतको भनाई छ।सोमबार वीरगंज, गौर लगायतका शहरमा सुटिङ हुने गीतको म्युजिक भिडियोका लागि भातरबाट भोजपुरी नृत्यकलाकार रवि किसनलाई समेत ल्याउने तयारी छ । गीतमा उदितनारायण झा लगायत भोजपुरी गायक गायिकाले स्वर रहनेछ। म्युजिक भिडियोलाई किशोर रानाले निर्देशन गर्दैछन् भने नृत्य निर्देशकमा कमल राई रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.