भुवन के सी राप्रपा नेपाल प्रवेश,झापा क्षेत्र नम्बर २ बाट चुनाब लड्ने


(सेलिब्रेटी नेपाल) ९ असोज-अभिनेता भुवन के सी राप्रपा नेपाल प्रवेश गरेका छन् अन्तिम समयमा आएर नेकपा एमालेले टिकट नदिएपछि तीब्र असन्तुष्टी जनाउँदै अभिनेता भुवन केसी राप्रपा नेपाल प्रवेश गरेका हुन्। अभिनेता के सी को स्वागतमा आज पार्टी कार्यालय सुकेधारामा भब्य स्वागत कार्यक्रमको आयोजना समेत गरिएको थियो तर केसी उक्त स्वागत कार्यक्रममा आएनन पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठका अनुसार भुवन लाई पार्टीले झापा २ नम्बर बाट प्रतक्ष्य उमेदबार बनाउने र पार्टीमा भुवन लाई महत्वपुर्ण जिम्मेवारी दिने सहमति भएको जानकारी दिएका छन्। राप्रपा नेपालको कार्यालय सुकेधारामा एक समारोहका बीच अध्यक्ष कमल थापाले कलाकार सैलजा पाण्डे लगायत केहि नेता हरु लाई टिका तथा माला लगाएर राप्रपा प्रवेश गराएका छन् भुवन आजको कार्यक्रममा सहभागी नभए पनि राप्रपाको सदस्यता पत्र लिइसकेको जानकारी प्राप्त भएको छ।
Saileja-pande
यसअघि भुवनलाई एमालेले काठमाडौंको कुनै क्षेत्रबाट चुनावमा टिकट दिने आश्वासन दिएपनि अन्तिम समयमा आएर धोका दिएको थियो। वरिष्ठ नेता केपी ओलीले अवरोध पुर्‍याएपछि अध्यक्ष झलनाथ खनालले चाहेर पनि भुवनलाई उम्मेदवार सिफारिस गर्न सकेका थिएनन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.