साडी लगाएर अभिनय गर्ने जमाना गयो जिया के सी


(सेलिब्रेटी नेपाल) ९ असोज- चैत्र २३ गते नै रिलिजको तयारीमा रहेको चलचित्र सेन्सरको अल्झनमा परेर रोकिएको थियो अन्ततः आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुने भएको छ। चलचित्रमा अश्लिलता बढी भएको भन्दै पटक पटक सेन्सर हुँदै आएर एडल्ट सर्टिफिकेट पाएको छ। चलचित्र युनिटले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्र युनिटलाई सञ्चारमाध्यममाझ सार्वजनिक गरेको छ। चलचित्र पारिवारिक रहेको र यसलाई सेक्ससँग जोडेर नहेरिदिनुहोला भन्दै र निर्माण युनिटका प्राय जसो सबैले प्रस्ट पर्न खोजे।
jiya-kc-barbad
नायिका जिया केसीले चलचित्रमा आफ्नो कुनै पनि भल्गर दृश्य नभएको बताईन्। ‘जिया भल्गर मुभी खेल्ने नायिका सोच्नु भ्रम हो,’उनी भन्दैथिईन्,‘यो चलचित्र पूर्णता पारिवारिक कथामा आधारित छ।’ उनले साडी लगाएर अभिनय गर्ने जमाना गइसकेको बताउँदै आधुनिक पहिरनमा अभिनय गर्दा सेन्सरको आपत्ति हुनु अनौठो भएको बताईन्। ‘पहिला पहिला साडी, चोलो लगाएर अभिनय गर्थे, त्यो बेला केही आपत्ति हुँदैन थियो,’ उनले भनिन्,‘तर अहिलेको जेनेरेसनलाई मिल्दो किसिमको चलचित्र बनाउँदा त्यसलाई पास गराउन सिहदरबार पुग्नुपर्छ। जिया अभिनित एटीएम र रङ वे पनि विवादित चलचित्र हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.