डि–सिने अवार्ड,नोटबुक र मायाज बार सर्वाधिक धेरै १४-१४ बिधामा


note-book first
(सेलिब्रेटी नेपाल) ७ असोज-राम्रा नेपाली चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले एचटिभी फिल्मीखबर डि–सिने अवार्ड हुने भएको छ। आइतबार राजधानीमा अवार्डको मनोनित चलचित्र र कार्यक्रमबारे जानकारी गराइयो।’विगत चार वर्ष निरन्तर गरिँदै आएको अवार्डमा यसपटक ५१ वटा चलचित्र सहभागी थिए, २६ विधामा मनोनयन सार्वजनिक गरिएको छ। अवार्डको यो पाँचौ संस्करण आगामी कात्तिक १० मा प्रज्ञा प्रतिष्ठानमा हुँदैछ। मोहन निरौला, विजयरत्न तुलाधर, सन्तोष श्रेष्ठ र सवनम मुखियाको निर्णायक टोलीले विभिन्न विधाका चलचित्रहरु छनोट गरेका थिए।’रिदम’, ‘फेसबुक’, ‘मायाज बार’,’नोटबुक’ र ‘के म तिम्रो साथी बन्न सक्छु’ उत्कृष्ट चलचित्रको विधामा मनोनित भएका छन्। उत्कृष्ट ५ को मनोनयनमा ‘नोटबुक’ र ‘मायाज बार’ सर्वाधिक धेरै १४-१४ बिधामा परेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.